कोशी

फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति

इकागज |
असोज २८, २०७९ शुक्रबार ९:४१ बजे

सांकेतिक तस्बिर

मोरङ- विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९ एकेडेमी माार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको थियो । आगलागीबाट रु ४५ लाखको क्षति भएको छ । 

आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हो । वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो । 


उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रङ्गेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए । 


Author

थप समाचार
x