नक्कली नोटसहित तीन पक्राउ
सुनसरी : सुनसरी सदमुकाम इनरुवा बस चोकस्थित स्टार होटलको नजिकबाट नक्कली (जाली) नोटसहित पक्राउ परेकालाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१९ का ६६ वर्षीय टेकबहादुर तामाङ, हरिनगर-२ का २४ वर्षीय नजिम साफी र धरान-१७ का महेन्द्र तामाङ रहेकोका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए । पक्राउ परेकाको साथबाट प्रहरीले नेपाली नक्कली नोट रु एक हजार दरका ४१५ थान बरामद गरेको कार्कीले जानकारी दिए ।
जाली नोटसहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गराएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया