चिया उद्योगमा आगलागी, १० लाख रुपैयाँको क्षति
सांकेतिक तस्बिर
इलाम : सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आगलागी भएको छ । बिहीबार बिहान साढे ५ बजे भएको आगलागीमा अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको हो ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया