कोशी

शंकास्पद वस्तुले धनकुटाको चोक्रोक गाउँ बिहानैदेखि त्रसित

इकागज |
मंसिर ३, २०७९ शनिबार ९:२९ बजे

काठमाडौँ- धनकुटाको चोक्रोक गाउँ शंकास्पद वस्तुका कारण शनिबार बिहानदेखि त्रासमा रहेको छ। धनकुटा नगरपालिका-२ चोक्रोकमा रहेको ढाँडखर्क सामुदायिक वनमा शंकास्पद वस्तु राखिएको हल्लाले गाउँ त्रसित भएको हो। 

शंकास्पद वस्तु रहेको भनी हल्ला चलेको ठाउँमा नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिष्कारसम्बन्धी पर्चा भेटिएको धनकुटा नगरपालिका वडा नं. २ वडाअध्यक्ष चन्द्रलाल तामाङले इकागजलाई जानकारी दिए। 


शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम विष्फोजल टोली घटनास्थल तर्फ गइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।


Author

थप समाचार
x