नेपाल-भारत सीमा नाका व्यवस्थित गर्न प्रदेशमन्त्रीको निर्देशन
काठमाडौँ : प्रदेश-१ सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन् । मन्त्री राईले भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र त्यसक्षेत्रको आसपासको क्षेत्रबाट आवागमन बढेपछि आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई उक्त निर्देशन दिएकी हुन् ।
भारतमा कोभिड सङ्क्रमण तीव्ररूपमा बढीरहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको भीड लाग्ने गरेको पाइएकोले सरकारको निर्देशनअनुसार कार्य गर्नुपर्नेमा उनले जोड दिइन् । मन्त्री राईले सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्न, स्वास्थ्य परीक्षण गर्न निर्देशनसमेत दिइन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया