कोशी

'केन्द्र र प्रदेश सरकारलाई पार्टीकै नेताहरूले गिराउने प्रयास गरे'

इकागज |
बैशाख ११, २०७८ शनिबार १८:२४ बजे

काठमाडौँ : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले एमालेभित्रकै केही नेताले पार्टी र कम्युनिस्टलाई कमजोर पार्ने काम गरेको आरोप लगाएका छन् । भोजपुर-काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एमालेलाई कमजोर पार्न र नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्न पार्टीकै केही नेताहरू लागेको आरोप लगाएका हुन् । 

बहुमतको केन्द्र सरकार र प्रदेशका सरकारलाईसमेत पार्टीभित्रकै नेताहरूले गिराउने प्रयास गरेको तर्कसमेत उनले गरे । राईले पार्टीको विधि विधान विपरित कसैपनि काम गर्न नसक्ने भन्दै पार्टी विपरित कार्य गरेकाले स्पष्टीकरण सोध्न बाध्य भएको बताएका छन् ।


सर्वोच्चको आदेशपछि माओवादी र एमाले पूर्ववत अवस्थामा फर्किएकाले एमालेलाई मजबुद बनाउदै अघि बढ्नुको विकल्प नभउको उनको भनाई छ । त्यस्तै मुख्यमन्त्री राईले वर्तमान केपी ओली नेतृत्वको सरकार मुलुकको समृद्धि र विकासको सहि ट्रयाकमा हिँडेको जिकिर गरेका छन् ।


Author

थप समाचार
x