कोशी

शपथअघि नै बैंक खाता खोल्दै प्रदेश १ का सभा सदस्यहरू

इकागज |
पुस ११, २०७९ सोमबार १३:३९ बजे

विराटनगर - प्रदेश १ का सभा सदस्यहरू शपथ ग्रहण अघि नै सेवा सुविधाका लागि बैंकमा खाता खोल्न व्यस्त देखिएका छन् । सपथ ग्रहण गरेपछि पारिश्रमिक भत्ता लगायतका सेवा सुविधा प्राप्त हुने भएपछि उनीहरू खाता खोल्न व्यस्त बनेका हुन् ।

प्रदेश सभा सचिवालयले सभा परिसरमै कृषि विकास बैंकमा खाता खोल्ने व्यवस्था मिलाएको हो । 


सभा सदस्यको सेवा सुविधा कृषि विकास बैंकमार्फत भुक्तानी हुने व्यवस्था गरिएको छ । सभा सदस्यहरूलाई बैंकमा कारोबार सहज गर्न प्रदेश सभा सचिवालयमै कृषि विकास बैंकको एटिएम समेत राखिएको छ ।


Author

थप समाचार
x