कोशी

पोषाकबाट पहिचान झल्काउँदै प्रदेश १ का सभा सदस्यहरुले लिए सपथ (फोटो फिचर)

बाबुराम भण्डारी |
पुस ११, २०७९ सोमबार १६:४३ बजे

विराटनगर - प्रदेश १ का ९३ जना प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश १ का ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईले प्रदेश प्रमुख परशुराम खापुङबाट सपथ लिएर बाँकी ९२ जना सभा सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणका लागि प्रदेश १ का १४ जिल्लाबाट प्रत्यक्ष निर्वाचित ५६ र समानुपातिक ३७ जना सांसदहरुले आ–आफ्नो मौलिकता पहिरन र परम्परागत गरगहनामार्फत देखाएका छन् । 


प्रदेश १ को सभामा ७९ बर्षीय गयानन्द मण्डल गनगाईदेखि ३६ बर्षीया बन्दना झागरसम्म प्रदेशसभा सदस्यमा चयन भएका छन् । सोमबार आयोजित सपथ ग्रहण समारोहमा पाँच जनाले लिम्बु र एकजनाले थारु भाषामा सपथ लिएका छन् ।

सथप लिनुअघि उनीहरुले आफ्नो जातिगत तथा परम्परागत पोषाकमा संसद सचिवालयको प्राङ्गणमा फोटो शेसन गरेका हुन् ।

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x