कोशी

५ लाख सापटी रकम नदिएपछि अपहरण, २५ लाख फिराैती माग

इकागज |
पुस १३, २०७९ बुधबार १५:३४ बजे

जनकपुरधाम । अपहरणमा परेका एक व्यक्तिलाई मधेश प्रदेश प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकाबाट उद्धार गरेको छ । मधेश प्रदेश प्रहरीको प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वको टोलीले काठमाडौंमा मैन पावर चलाउँदै आएको सिरहाको लहानका ईसर सिद्दकीलाई उद्धार गरेको हो ।

सिद्धकी जनकपुरधामबाट पुस ९ गते अपहरणमा परेका थिए । अपहरणमा संलग्न रहेकाे आराेपमा भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरीका अनुसार लेनदेनकाे पुरानाे विवादमा सिद्धकीलाई विदेश पठाई दिनका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वामा बोलाएर शेषले अपहरण गरेका थिए ।


सिद्धकीले शेषसँग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रहरीका प्रवक्ता सुमन तिम्लिसिनाका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए । अपहरणमा परे लगत्तै प्रहरी निरिक्षक साहको कमाण्डमा खटेको टोलीले फिरौतीको रकम ९ लाख सहित सिद्धकीलाई उद्धार गर्न सफल भएको हा्े । पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको उनले बताएका छन् ।


Author

थप समाचार
x