कोशी

कोसी अस्पतालका अनधिकृत संरचनामा डोजर चलाउँदै नागेश

इकागज |
पुस २१, २०७९ बिहीबार २०:२४ बजे

फाइल फोटो

विराटनगर - विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो । 

नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो । 


कोसी अस्पतालले सटरको नक्सा पास गरेको छैन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको छैन । विराटनगरलाई यथास्थितिमा राख्न  योजनाबद्धरूपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । 

'विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन अभियान थालेका छौँ', उनले भने, 'महानगरको अभियानमा सबैतिरबाट साथ र सहयोग पाएका छौँं ।' उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको र ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको बताए । 


Author

थप समाचार
x