कोशी

प्रदेश १ मा सरकार गठनकाे तयारी

एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने माओवादी संसदीय दलको निर्णय

इकागज |
पुस २४, २०७९ आइतबार १४:३३ बजे

विराटनगर । नेकपा माओवादी प्रदेश १ को संसदीय दलको आइतबार बसेको बैठकले नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ ।

प्रदेश १ मा एमालेको नेतृत्वमै सरकार बन्ने भएपछि माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो ।


दलका जेष्ठ सदस्य नारायण बहादुर मगरका अनुसार दलका सदस्यहरुबाट मासिक सात हजार रुपैयाँ लेबी उठाउने समेत निर्णय गरेको जानकारी दिए । यसैबीच एमाले दलका नेता कार्कीले नयाँ गठबन्धनको नेतृत्व गर्दै आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गर्दैछन् ।


Author

थप समाचार
x