कोशी

प्रदेश १ मा सभामुखकाे निर्वाचन पुस २८ मा, उपसभामुख पुस ३० मा चुनिने

इकागज |
पुस २४, २०७९ आइतबार १५:४८ बजे

विराटनगर- प्रदेश १ मा सभामुख र उपसभामुख चयनको प्रक्रिया अघि बढेको छ ।

आइतबार प्रदेश सभाका अध्यक्ष गयानन्द मण्डल गनगाईको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सोमबारका लागि तोकिएको प्रदेश सभाको बैठक पुस २६ गते मंगलबार बिहान ११ बजेका लागि सार्ने निर्णय गरेको छ ।


प्रदेश सभा सचिवालयले सोही निर्णयअनुसार प्रदेश सभाको बैठक सारेको सूचना सार्वजनिक गरेको हो ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेतासहित बसेको बैठकले सभामुख र उपसभामुख चयनको कार्यतालिका तयार गरी मंगलबारको प्रदेश सभाको बैठकमा पेस गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिए ।

सर्वदलीय बैठकले प्रदेश सभाका अध्यक्षको अनुपस्थितिमा बैठक हुन नसके सबै दलबाट एक-एक जनालाई बैठक अध्यक्षताका लागि तोक्ने पनि निर्णय गरेको जनाइएको छ ।


Author

थप समाचार
x