प्रदेश १ को चौथो मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश
विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् । कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका संसदीय दलका नेताहरुको समर्थन पत्र प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका हुन् ।
प्रदेश प्रमुख खापुङले प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यलाई प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्न आठ दिनको समय सीमासहित पुस १७ गते विज्ञप्तिमार्फत आह्वान गरेका थिए ।
आइतबार बेलुका ५ बजेसम्मको समय सीमाभित्रै कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् । प्रदेश सरकार गठनको प्रक्रियामा रहेका दलहरु मध्ये एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् । ९३ सदस्यीय प्रदेश सभामा नयाँ सरकारको समर्थनमा चार दलबाट ६० सदस्य हुनेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया