कोशी

आत्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बीमा भुक्तानी

इकागज |
माघ २६, २०७९ बिहीबार १०:१३ बजे

झापा- सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५० लाख बीमा भुक्तानी हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवारलाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।


सो कम्पनीका बिर्तामोड शाखा प्रमुख विकास  श्रेष्ठका अनुसार कम्पनीले  मृतकको घरमै पुगी मृतककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृतक आचार्यको परिवारलाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’को सर्त बमोजिम १४ दिन मै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ ।


Author

थप समाचार
x