कोशी

साइकलमा गस्ती निस्किएका प्रहरी प्रमुख ठाकुरको चट्याङ लागेर मृत्यु

इकागज |
बैशाख २१, २०७८ मंगलबार १०:३० बजे

सांकेतिक तस्बिर

झापा : भद्रपुर नगरपालिका-२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०:५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए ।


मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए । भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् । रासस


Author

थप समाचार
x