ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु
पाँचथर- पाँचथरमा भीरबाट लड्दा एक वृद्धको मृत्यु भएको छ । क्लाजुङ गाउँपालिका-७ थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बु र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो । भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।
प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरि शवलाई आफान्तजनलाई जिम्मा लगाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया