बालिका बलात्कार आराेपमा एक युवक पक्राउ
मोरङ- १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खानलाई प्रहरीले पक्राउ गरेको छ ।
खानले ती बालिकालाई फागुन २ गते राति सुन्दरहरैचा नगरपालिका-३ स्थित चौरीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया