कोशी

पाथिभरामा हिमपात, फागुनमा परेको हिमपातले किसान खुसी

इकागज |
फागुन ११, २०७९ बिहीबार ७:२४ बजे

फाइल तस्बिर

ताप्लेजुङ- ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा हिजो साँझदेखि सामान्य हिमपात भएको हो । यस वर्ष पहिलो पटक पाथिभरा क्षेत्रमा सामान्य हिमपात भएको हो ।


विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभए पनि हिजो साँझबाट भने सामान्य हिमपात भएको स्थानीय रामचन्द्र घिमिरेले जानकारी दिए ।

उता सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको उनको भनाई छ ।

यस वर्ष हिउँद लागेयता हिमपात र वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन नसकेकाले गहुँ, मकै, तोरीलगायत बालीनाली नफस्टाउने चिन्तामा परेका किसानहरुले बताउँदै आएका थिए । 


Author

थप समाचार
x