कोशी

प्रदेशको नाम कोशी राखेको अवसरमा बिहीबार सार्वजनिक विदा

इकागज |
फागुन १७, २०७९ बुधबार २२:२६ बजे

फाइल फोटो

विराटनगर - प्रदेश १ को नाम कोशी पारित भएको अवसरमा प्रदेश १ सरकारले बिहीबार प्रदेश भरी सार्वजनिक विदा दिने घोषणा गरेको छ । 

बुधबार बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम कोशी नामकरण भएको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सवै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा विदा दिने उल्लेख छ ।


Author

थप समाचार
x