कोशी

नामकरणको खुसीयाली

कोशी प्रदेश सरकारले दियो आज सार्वजनिक बिदा

इकागज |
फागुन १८, २०७९ बिहीबार ६:३५ बजे

विराटनगर - नामकरण गरेको अवसरमा कोशी प्रदेश सरकारले आज सार्वनजिक बिदा दिएको छ । बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कोशी पारित भएको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् । 


बुधबार दुई तिहाइ बहुमतले प्रदेश १ नामकरण गरिएको थियो । प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्ताव रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् ।

९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा सभामुखसहित ८७ जना सभा सदस्यको उपस्थिति रहेको थियो । दुई तिहाइका लागि ६२ मत आवश्यक रहेकोमा प्रस्तावको पक्षमा सत्तासिन दलहरू नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा तथा विपक्षमा नेकपा एसका चार सदस्यले मतदान गरेका हुन् ।

प्रदेश नामकरणको प्रस्ताव पेश हुनुअघि नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्रकुमार राईले राखेको कोशी प्रदेश माथिको संशोधन प्रस्ताव 'किराँत-लिम्वुवान-कोशी' प्रदेशको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।


Author

थप समाचार
x