कोशी

काेशी प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै प्रदर्शन

इकागज |
फागुन १९, २०७९ शुक्रबार १९:९ बजे

विराटनगर । प्रदेशको नाम कोशी राखिएकोमा असन्तुष्टि जनाउँदै विराटनगरमा प्रदर्शन भएको छ । किराँत र लिम्बुवान समर्थित संघ संगठनहरूले कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले प्रदेश नामाकरणमा जातीय पहिचानलाई नसमेटिएको भन्दै विरोध प्रदर्शन गरेका छन् । तत्कालीन प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभाका सदस्यहरू मध्ये कोशी प्रदेशको पक्षमा ८२ जनाले समर्थनमा मतदान गरेका थिए । ४ जनाले विपक्ष र ६ जना सभा सदस्यहरू अनुपस्थित बनेका थिए ।


प्रदर्शनमा उत्रिएका जातीय संघ संगठनहरूका प्रतिनिधिहरूले चर्का नाराबाजी गर्दै कोशी नाम फिर्ता लिन चेतावनी दिए । उनीहरूले छापामार शैलीमा प्रदेशको नामाकरण गरिएको आरोप लगाउँदै दलहरू प्रति असन्तुष्टि पोखेका थिए ।

नाराबाजी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीहरूले रोडशेष चोकमा रोकेका थिए । प्रदर्शनका कारण कोशी राजमार्ग अन्तर्गतको विराटनगर जोगवनी सडक अवरुद्ध बनेको थियो ।


Author

थप समाचार
x