कोशी

९० रुपैयाँ पर्ने ‘स्टासेफ’मा नयाँ लेबल लगाएर ७ देखि २५ हजारमा बिक्री, दुई जना पक्राउ

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १६:४४ बजे

प्रतिकात्‍मक तस्‍बिर

विराटनगर : नक्कली ‘रेमडिसिभिर’ इन्जेक्सन बिक्री गरेको आरोपमा विराटनगरबाट फार्मेसी संचालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्टासेफ इन्जेक्सनमा नयाँ लेबल लगाएर रेमडिसिभर भन्दै बिरामीलाई बिक्री वितरण गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोली र मोरङ प्रहरीले नक्कली विराटनगर–४ नोबेल टिचिङ्गि हस्पिटल अगाडि रहेको ‘साथी फार्मेसीका’ संचालक सोनु आलम र कामदार सरमण यादवलाई पक्राउ गरेको हो ।

९० रुपैयाँ पर्ने ‘स्टासेफ’ नामको इन्जेक्सनमा नयाँ लेबल लगाएर ७ हजार देखि २५ हजारसम्म मूल्यमा नक्कली रेमडिसिभिर भन्दै बिक्री गर्ने गरेको आरोपमा मोरङ प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । उनीहरूले भण्डारण गरेको नक्कली रेमडिसिभर इन्सेक्जन पनि प्रहरीले बरामद गरेको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का थप अनुसन्धान भइ रहेको बताए । 


स्टासेफ र रेमडिसिभिर इन्जेक्सनको बट्टाको साइज पनि एउटै हुने भएकोले नक्कली लेबल लगाएर रेमडिसिभिर भन्दै बिक्री गर्दै आएका थिए । भारतमा पाइने रेमडिसिभर र स्टासेफ इन्जेक्सनको साइज एउटै मिल्दोजुल्दो रहेको प्रहरकिो भनाइ छ ।  
 


Author

थप समाचार
x