टिकटक बनाउँदै गर्दा भीरबार खसेर एकको मृत्यु
विराटनगर : धरानका एक युवकको टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु भएको छ । धरान–५का १८ वर्षे सुभाष परियार टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरबाट शुक्रबार खसेका हुन् ।
भीरबाट खसेर घाइते भएका परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भिम दाहालले वताए । उनको टाउको र अनुहारमा चोट लागेको थियो ।
धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरस्थित सडकमा बिग्रिएपछि सुभाष टिकटक बनाउनतिर लागेका थिए । सुमो बिग्रिएपछि गाडीबाट ओर्लिएर उनी टिकटक बनाउन भीरमा गएका हुन् । त्यही क्रममा सुभाष लडेको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया