कोशी

प्रदेश-१ सरकारद्वारा बेड थप गर्न निजी अस्पताल सहयोग

इकागज |
बैशाख २९, २०७८ बुधवार १९:१४ बजे

विराटनगर : प्रदेश-१ सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसहित झापा र मोरङमा रहेका पाँचवटा निजी अस्पतालहरुलाई कोभिड-१९ उपचारका लागि वेड थप गर्न सहयोग गर्ने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, नोवल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर र वीएण्डसी अस्पताल विर्तामोडमा कम्तिमा पाँच-पाँच सयव वेड क्षमताको सञ्चालन गर्न आवश्यक सहयोग गर्ने भएको हो ।

यसै गरी विराटनगरको न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई सय वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग गर्ने भएको हो । यी अस्पतालहरुले अहिलेपनि कोरोनाको उपचार गरी रहेका छन् । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


बैठकमा प्रदेश सरकारका मन्त्री, विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुख, निजी तथा सरकारी अस्पतालका सञ्चालक, र सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 


Author

थप समाचार
x