कोशी

मर्निङवाकमा निस्केका लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ८:२३ बजे

झापा : मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका-३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बुको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।  

उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो । जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो । 


बिहान मर्निङवाकमा निस्किएका लिम्बूलाई २१ नम्बर वाहिनी अड्डाको पश्चिमतर्फको जङ्गलको भित्री बाटोमा हिँड्दै गर्दा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । रासस


Author

थप समाचार
x