कोशी

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

इकागज |
जेठ ७, २०८० आइतबार १७:५ बजे

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनियताकोशपथ गराएका हुन् ।

नवनियुक्त उपाध्यक्ष उप्रेतिले संघ र प्रदेशको समग्र आर्थिक सूचकहरुको अवस्थाले मुलुकको अर्थतन्त्रको आकार घट्दो दरमा देखिएकोले उपलब्ध स्रोत साधनको परिचालन गरेर सरकारहरु अघि बढ्नुपर्ने बताए । उनले आफू पदमा रहुञ्जेलसम्म सकेको र बुझे जति कोशी प्रदेशको विकासमा योगदानमा समय खर्चिने प्रतिवद्धता जनाए ।


दिगो विकास लक्ष्यहरुलाई राष्ट्रिय प्राथमिकतामा राखेर सबै क्षेत्रको विकास अघि बढाउनुपर्ने धारणा राखे । आफूलाई प्राप्त भएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

गत शुक्रबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकबाट उप्रेती प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । 

त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी पुरा गरिसकेर हाल महेन्द्र रत्न क्याम्पस ताहाचलमा अर्थशास्त्र विषयमा प्राध्यापन गर्दै आएका उप्रेती झापाको कन्काई नगरपालिका–८ निवासी हुन् ।

आयोगमा मन्त्रिपरिषदबाट एक महिलासहित थप चारजना सदस्यहरु नियुक्त गर्ने व्यवस्था रहेको छ । सदस्यहरुको नियुक्ति सरकारमा सहभागी दलहरुको भागबण्डामै हुँदै आएको छ ।


Author

थप समाचार
x