कोशी

उपमेयर औषधि लगिदिन्छिन्, मेयर अक्सिजन सिलिन्डर

कोभिड-१९ संक्रमितका घरघरै पुगेर हौसला दिन्छन् जनप्रतिनिधि

लीलावल्लभ घिमिरे |
जेठ २, २०७८ आइतवार १२:२८ बजे

विराटनगर : निजि तथा सरकारी अस्पतालका वेडहरु कोरोना संक्रमितका करण भरीन थालेपनि स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन बनाउन थालेका छन् । पछिल्लो समय प्रदेश–१का कोभिड–१९ अस्पतालरू विरामीले भरीभराउ भएका छन् । 

विराटनगर महानगरपालिकाले कोरोना संक्रतिहरुलाई सुरक्षित रुपमा बस्नका लागि विराटनगर १ स्थित भट्टाचोकमा नयाँ आइसोलेसन सेन्टर थप गरेको छ । यस अघि महानगरले वडा नम्बर १९ वैजनाथपुरमा आइसोलेसन सञ्चालन गर्दै आएको छ । 


विराटनगर–३ स्थित आरआरएनको सभाहल रहेको भवनमा आइसोलेसन स्थापना गरिएको र त्यहाँ संक्रमितहरुलाई तत्काल आवश्यक पर्दा अक्सिजनको प्रवद्यन्ध मिलाइएको महानगरका प्रमुख भीम पराजुलीले बताए । नयाँ आइसोलेसन भवन आज आइतनबारबाट सञ्चालनमा आएको छ । आइसोलेसनमा रहने बिरामीका लागि चिकित्सकीय सेवा र मनोपरामर्शसमेत उपलब्ध हुने छ । महानगरले कोभिड उपचारमा यस अघि सहयोग लिँदै आएका चिकित्सकहरु मार्फत बिरामीहरुको रेखदेख र उपचारमा सहयोग गर्ने महानगरले जनाएको छ । 

यसै गरी मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आइसोलेसन निर्माण गर्न आफैं अक्सिजन सिलिन्डर तथा आवश्यक उपकरण बोकेर राजघाटस्थित स्वास्थ्य कार्यालय पुगे । त्यहाँ नगरपालिकाले अक्सिजनसहितको ११ बेडको आईसोलेसन शुरु गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिकालेपनि आइसोलेसन सञ्चालनमा ल्याएको छ । मोरङका बेलबारी नगरपालिका र शुन्दरहरैंचा नपाले समेत आइसोलेसन सञ्चालन गरेका छन् । 
सुनसरीको इटहरी उपमहानगरले क्षेत्रीय रंगशालामा ५० शैयाको अक्सिजनसहितको आइसोलेसन संचालन गरेको छ । ६ शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

यसै विच इटहरी पउपहानगरपालिकामा चिकित्सक सहित  उपमेयर लक्ष्मी गौतमको टोलीले  आइसोलेसनमा बसेका विरामीहरुलाई घरघरम औषधि पु¥याइ रहेको छ । इटहरी उपमहानगरको स्वास्थ्य शाखाले अहिले होम आइसोलेसनमा रहेका संक्रमितको अवस्था बुझ्न प्रत्यक्ष भेटघाट गर्ने र टेलिफोन गरेर बुझ्ने काम गरिरहेको उपमेयर गौतमले बताइन् । 

यता विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली संक्रमितलाई समस्या परे आफैं अक्सिजन सिलिन्डर बोकेर घर घर पुउने कामलाई निरन्तरता दिएका छन् । मेयर पराजुलीले पहलो लहरमा समेत केभिडका विरामीहरुलाई घरघरमा अक्सिजन पु¥याएका थिए । पराजुलीका अनुसार वडाहरुले संक्रमितलाई औषधिको पोकासमेत पठाउने गरेका छन । विराटनगरमा ज्येष्ठ नागरिकको स्वाब मोबाइल भेनमार्फत घरमै गएर संकलन गर्ने व्यवस्था पनि गरिएको छ । 
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x