Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

कोशी

काेशी प्रदेशकाे नीति तथा कार्यक्रम सभामा पेस (पूर्ण पाठ )

इकागज |
जेठ ३१, २०८० बुधबार १६:३६ बजे

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा पेस भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम पेस गरेका हुन् । 

बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खापुङलाई बुझाएपछि खापुङले त्यसलाई प्रदेश सभामा पेस गरेका हुन् ।


सरकारको यसपटकको नीति तथा कार्यक्रममा कुनै महत्वाकांक्षी नारा उल्लेख छैनन् । विशेषगरी आर्थिक क्षेत्रका लगानी सम्मेलन गर्ने, अन्तरतह समन्वय, प्रदेशबाटै सवारीचालक अनुमति पत्र छपाईको व्यवस्था, पूर्वाधार संरचनालाई अपांगता र वातावरणमैत्री बनाउने, कोशी प्रदेशको राजधानी क्षेत्रमा प्राप्त भएका जग्गामा प्रदेशका संरचना निर्माणको गुरुयोजना निर्माण, भद्रपुर अस्पताललाई विशिष्टिकृत बनाउने, प्रदेश प्रमुख स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन लगायतका विषय समेटिएका छन् ।

 


Author

थप समाचार
x