कोशी

ताप्लेजुङमा पहिरोमा पुरिएर बाबुछोराको मृत्यु

इकागज |
असार ४, २०८० सोमबार ११:१ बजे

विराटनगर- अविरल वर्षापछि पहिरो खस्दा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मुकुभञ्ज्याङका बाबुछोराको ज्यान गएको छ । गएराति पहिरोले पुरिएर ६५ वर्षीय केशरबहादुर राई र उनका छोरा ३१ वर्षीय सुरेश राईको ज्यान गएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

राती पहिरो खस्न थालेपछि बोलेरो गाडीलाई सुरक्षित गर्न जाने क्रममा ठूलो पहिरो खस्दा बाबुछोरालाई पुरेको थियो । बाबू केशरबहादुरको शव बिहान फेलाको थियो । गम्भीर घाइते रहेका छोरा सुरेशको स्थानीयले उद्दार गरेपछि मृत्यु भएको जनाइएको छ ।


पहिरोमा परी स्थानीय ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका छन् । उनलाई उद्दार गर्न इटहरीबाट नेपाली सेनाको हेलिकप्टर  मेहेलेतर्फ उडेपनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि पाँचथर पुगेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले बताए ।

घाइते रामकुमारलाई स्थानीय निलगिरी माध्यमिक विद्यालयसम्म पुर्‍याइएको स्थानीय दिवश भण्डारीले जानकारी दिए । 

शुक्रबारदेखि मेहेलेमा अबिरल वर्षा भइरहेको छ । मेहेले स्वास्थ्य आइतबार नै पहिरोले बगाइदिएका कारण त्यहाँ औषधिको समेत अभाव भएको उनले जानकारी दिए ।


Author

थप समाचार
x