कोशी

कोशीमा सरकार गठन हुँदै : कांग्रेसका थापा मुख्य मन्त्री बन्न कति सकस ?

इकागज |
असार २१, २०८० बिहीबार ८:१७ बजे

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस हुँदैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिने भएकाले नयाँ सरकारका लागि दाबी पेस हुने भएको हो ।

प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न समय दिएका थिए । उनले दिएको समय आज साँझ ५ बजे सकिँदै छ ।


मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेको स्रोतले जनाएको छ । यसमा राप्रपालाई पनि सहभागी गराउने प्रयास भइरहेको छ ।

प्रदेशमा नयाँ सरकार गठनका लागि नेताहरु दौडधुपमा छन् । कोशीका नेताहरु लविङका लागि काठमाडौंम छलफलमा व्यस्त रहेका छन् ।

सत्ता गठबन्धनले मुख्य मन्त्रीका लागि कांग्रेसका नेता उद्धव थापालाई अघि सोको छ । उनलाई राप्रपाको साथ चाहिन्छ । राप्रसाको यो प्रदेशमा ६ सिट रहेको छ । राप्रपाले साथ नदिए यो सरकार पनि महिनादिनपछि अन्योलमा रहने भएकाले राप्रपा सरकारमा आवश्यक रहेको हो । तर, राप्रपाले सहयोग गर्ने या नगर्नेबारे निर्णय लिइसकेको छैन ।

कोशीमा कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ सिट छ । जुन ४७ हुन आउँछ  । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक संख्या हो ।  सभामुखसहित ४७ भएकाले विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन् । 
एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेको थियो । यसअघि उनलाई समर्थन गरेको माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए । 


Author

थप समाचार
x