कोशी

कोशीका नवनियुक्त मुख्यमन्त्री भन्छन्: गठबन्धनले सरकार चार वर्ष चलाउँछ

इकागज |
असार २१, २०८० बिहीबार २१:८ बजे

फाइल फोटो

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् । मुख्यमन्त्री पदको नियुक्ति पाएपछि  सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे । 

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए । उनले प्रदेशको नामकरण वार्ताको माध्यमबाट निकाश दिने विचार राखे । 


मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे । उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरूप सरकारले काय गर्ने बताए । रासस


Author

थप समाचार
x