कोशी

सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सहभागी मन्त्रीहरूको राजीनामा माग्छौँ : प्रदीप पौडेल

इकागज |
साउन १४, २०८० आइतबार १०:३७ बजे

फाइल तस्बिर

बुटवल- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सरकारका मन्त्रीहरूको राजीनामाले चर्चामा रहेको सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा माग्ने बताएका छन् । 

प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै तल्लो तहको मजदुर वा कर्मचारीलाई दोष दिएर एक/एक क्वीन्टल सुन काण्डमा सरकार उम्कन नपाउने बताए ।


नेता पौडेलले भने, ‘गहिरोसँग सुनकाण्डको अनुसन्धान नगरी भरियालाई देखाएर टार्ने काम भए हामीले कांग्रेसका मन्त्रीहरूको राजीनामा माग्छौँ । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

नेता पौडेलले कांग्रेस सरकारमा भए पनि भ्रष्टाचारको विरोधमा सशक्त भएर लाग्ने र दोषीलाई उम्कन नदिने बताए ।

सुन काण्डमा एमालेले उठाएको प्रश्न जायज भएको बताउँदै उनले सदन नै अवरोध गर्ने र मन्त्रीहरूलाई जवाफ दिन नदिने शैली भने फेर्न आग्रह गरे ।

नेता पौडेलले संघीयता बोझिलो र खर्चिलो हुँदै गएको बताउँदै अब संघ र प्रदेशमा मन्त्रिपरिषद् र सांसद संख्या घटाउनुपर्ने बताए । संघीयताविरोधीहरू मैलाउन लागेको र आन्तरिक आयले प्रशासनिक खर्चसमेत चलाउन नसक्ने भएकाले विकल्प खोज्नुपरेको उनको भनाइ थियो ।


Author

थप समाचार
x