कोशी

कोशी सरकार नेतृत्वको दावी गर्ने आज अन्तिम दिन

इकागज |
साउन १६, २०८० मंगलबार ९:३१ बजे

बिराटनगर। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो । सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अवैधानिक करार गरिदिए पछि पुनः आव्हान भए अनुसार आज समयसीमा सकिँदैछ । 

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।


यसअघि सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएपछि कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । जसअनुसार आज नयाँ सरकारका लागि दाबी पेस गरिसक्नु पर्ने हुन्छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ । 


Author

थप समाचार
x