कोशी

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

इकागज |
साउन २४, २०८० बुधबार ६:५४ बजे

विराटनगर- कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

विश्व आदिवासी तथा जनजाति दिवसको अवसरमा कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।


अगष्ट ९ लाई अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसको रुपमा मनाउँदै आएको बेला ‘पहिचानको आन्दोलन’ भईरहेको सो प्रदेशमा पहिलोपटक सार्वजनिक बिदा दिईएको हो । 

प्रदेश नामाकरणको बिषयलाई लिएर लामो समय देखी आन्दोलनरत सो क्षेत्रको भावनाको कदर गर्दै पहिलो पटक आदिबासी तथा जनजाति दिवस दिईएको जनाईएको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरे पछि सो बिदाको जानकारी सर्बसाधारणले पाएका हुन । प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका निकायमा पनि लागू हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले केही बिदाहरु आफु अनुसार गर्न पाउने अधिकार संघीय सरकारले छुटाएको छ । सोही आधारमा कोशी प्रदेशले आज सार्वजनिक बिदा दिएको हो । 


Author

थप समाचार
x