कोशी

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

इकागज |
साउन २९, २०८० सोमबार १६:३ बजे

विराटनगर- कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ । गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।    
    
कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ ।



Author

थप समाचार
x