कोशी

कोशीका ८० वर्षीय मण्डलले लिए राज्यमन्त्रीको सपथ

इकागज |
साउन ३१, २०८० बुधबार १०:३९ बजे

विराटनगर- कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार विहान पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । 


मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मण्डललाई राज्यमन्त्री बनाएका हुन् । मण्डल मोरङमा कांग्रेसभित्र गिरीजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा चिनिएका नेता हुन् । उनी अहिलेपनि कांग्रेसभित्र शेखर कोइराला समुहमा चिनिन्छन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन मोरङ क्षेत्र नम्बर ४ (हालको ५) बाट  उम्मेदवार बनेका मण्डल माओवादी केन्द्रका शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए । गत आम निर्वाचनमा उनी मोरङको क्षेत्र नम्बर ५ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x