देशमा परिवर्तनको घन्टी बज्नुपर्छ : सभापति लामिछाने
फाइल तस्बिर
फिक्कल (इलाम)- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकपटक आफूहरुलाई अवसर दिन आग्रह गरेका छन् । इलामको फिक्कल चोकबजारमा बिहीबार आयोजित पार्टीको खुला जनसभा सभापति लामिछानेले आगामी २०८४ मा हुने निर्वाचनमा विजयी गराइ एक पटक अवसर दिन आग्रह गरे ।
“काम गर्न सकेनौँ भने यो क्षेत्र घन्टी निषेधित बनोस्”, उनले भने, “इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुनसकेको छैन ।”
उनले आफूहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए सुन तस्करी, ललिता निवासलगायतका प्रकरणबारे छानबिन गर्ने दाबी समेत गरे । रास्वपाको उदयबाट आत्तिएकाले आफूहरूविरुद्ध हमला गरिरहेको उनको भनाइ छ ।
“हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्”, उनले भने, “गुणस्तरीय शिक्षा, घरमै पुगेर स्वास्थ्य सेवा प्रवाह नै हाम्रो सिद्धान्त हो ।” उहाँले शान्त विद्रोह गरेर आगामी निर्वाचनमा रास्वपालाई विजयी बनाउन आग्रह समेत गरे । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया