कोशी

कोशी प्रदेश सभामा राप्रपाका ६ र एमालेका सात संसद अनुपस्थित

इकागज |
भदौ ४, २०८० सोमबार १६:० बजे

काठमाडौँ - कोशी प्रदेशको प्रदेश सभा बैठकमा १३ जना सांसद अनुपस्थित रहेका छन् । मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मतको प्रस्ताव गरेको बैठकमा विपक्षी दल राप्रपाका सबै ६ जना र एमालेका सात जना प्रदेश सभा सदस्य अनुपस्थित रहेका हुन् । 

मुख्यमन्त्री थापाले प्रदेश सभामा विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका छन् । थापाले संविधानको धारा १६८ को उपधारा बमोजिम प्रदेश सभामा विश्वासको मत छ भन्ने प्रष्ट पार्न प्रस्ताव पेश गरेको बताए ।


बैठकमा अहिले दलका नेताहरुले बोल्ने क्रम शुरु भएको छ ।


Author

थप समाचार
x