कोशी प्रदेशकाे अनेरास्ववियुमा गजलकाे नेतृत्व
विराटनगर । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको पहिलो प्रदेश अधिवेशनबाट काेशी प्रदेशकाे अध्यक्षमा जीवी गजल चयन भएका छन् ।
विराटनगरमा शनिबार बिहान सम्पन्न अधिवेशनले गजलको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन भएको जनाइएको छ ।
अधिवेशनले कोशी प्रदेश कमिटीको उपाध्यक्षमा अंकित थापा र नारायण पोख्रेल, सचिवमा सन्तोष घिमिरे, सह–सचिवहरुमा प्रवेश ठकुरी, पारस राई, लक्ष्मी न्यौपाने, रन्जना घतानी र कोषाध्यक्षमा नवराज घिमिरे चयन भएका हुन् ।
कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी भएका करिब पाँच सय प्रतिनिधिहरुबाट पहिलो प्रदेश कमिटी चयन भएको हो ।
अधिवेशनको उद्घाटन शुक्रबार अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए । एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, अनेरास्ववियुकी निवर्तमान अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुनिता बराल, केन्द्रीय सदस्य विनोद ढकाल लगायतका नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया