कोशी

अवैध सामान नियन्त्रणमा लिन हवाइ फायर

इकागज |
मंसिर ७, २०७७ आइतबार १४:२९ बजे

विराटनगर : विराटनगरको मेटेरुवा सीमा क्षेत्रमा तस्करीको सामान नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाइ फायर गरेको छ । आइतबार बिहान भारतबाट तस्करी गरेर सामान ल्याउदै गरेको समुहलाई लक्षित गरी प्रहरीले हवाइ फायर गरेको हो ।

तस्करीका सामान लिएर आउँदै गरेको समूहलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा बिहान ४ बजेतिर विवाद उत्पन्न भएको थियो । सोही क्रममा एक राउण्ड हवाइ फायर गर्नुपरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । १२/१५ जनाको समूहमा रहेको तस्करहरू प्रहरीमाथि जाइलाग्न खोजेपछि हवाइ फायर गर्नु परेको उनको भनाइ छ । प्रहरीले हवाइ फायर गरेपछि उनीहरू भागेको प्रहरीले जनाएको छ ।


प्रहरीले तस्करीमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको छ । एसपी खड्काकाअनुसार पक्राउ पर्नेमा विराटनगरकी ३३ वर्षीया रविना खातुन छन् । तस्करीका केही सामान समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

अहिले सीमा क्षेत्रमा थप प्रहरी परिचालन गरिएको एसपी खड्काले बताए । विराटनगरको मटेरुवा इलाका सबै भन्दा बढी सामान ओसारपसार गर्ने क्षेत्रमा पर्छ ।


Author

थप समाचार
x