विश्वासको मत नपाउने भएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले आजै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका हुन् ।
गत भाद्र २२ गते सर्वोच्च अदालतको परमादेश बमोजिम संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले राजीनामाको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनको सम्भावना कायम राख्न समेत सुझाव आएकाले राजीनामा दिन लागेको बताए ।
मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेका कारण प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया