कोशी

कोशीको मुख्यमन्त्रीमा दुईवटा दाबी पेश

एमालेको समर्थनमा कांग्रेसका केदार कार्की र गठबन्धनको तर्फबाट माओवादीका इन्द्र आङ्बोको दाबी

इकागज |
असोज २५, २०८० बिहीबार १८:११ बजे

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेका छन् । एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका हुन् ।

कार्की र आङ्बोले संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् । दुवैले पेश गरेको दाबीमा ४७/४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर रहेको जनाइएको छ ।



Author

थप समाचार
x