कोशी

कोशीमा कांग्रेस विभाजित, कार्कीलाई सहयोग गर्ने यी हुन् आठ सांसद

इकागज |
असोज २५, २०८० बिहीबार १८:४१ बजे

काठमाडौँ - कोशी प्रदेशको सरकार गठनमा कांग्रेस विभाजित भएको छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दावी पेस गरेपछि कांग्रेस विभाजित भएको हो ।  

कांग्रेसको संस्थापन पक्षले माओवादी केन्द्रका कोशीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई समर्थन गरी मुख्यमन्त्रीमा दावी पेस गरेको छ भने, नेता डा. शेखर कोइराला पक्षले प्रदेश सभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्रीका लागि दावी पेस गरेको छ । 


आङ्बोले गठबन्धन दलबाट मुख्यमन्त्री दावी पेश गरेका हुन् भने, कार्कीले एमालेको समर्थनमा दावी पेश गरेका हुन् । कार्कीले ४७ सांसदको हस्ताक्षर गरी दावी पेश गरेका छन् । एमालेका ३९ र कांग्रेसका आठ सांसदको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरे ।

कार्कीको पक्षमा कांग्रेसका आठ जना छन् । केदार कार्की, राम बहादुर खत्री(उदयपुर), शमशेर राई (इलाम), इन्दिरा थापा (धनकुटा), लिला कुमारी राई (उदयपुर), गाविन्द गिरी (इलाम), मान बहादुर लिम्बु (मोरङ ) र सुनिता कुमारी गुरुङ (सुनसरी) रहेका छन् । 


Author

थप समाचार
x