कोशी

गठबन्धन पुरा पाँच वर्ष जान्छ : नेता नेम्वाङ

इकागज |
असोज २६, २०८० शुक्रबार ७:२२ बजे

इलाम- नेकपा माओवादी(केन्द्र)का कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले गठबन्धन पुरा पाँच वर्ष जाने जिकिर गरेका छन् । समाजवादी मोर्चाले इलाममा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सरकारले जनताको पक्षमा दृढतापुर्वक काम गररहेको बताए । नेम्वाङले सरकारले भ्रष्टाचार नियन्त्रणमा  शुन्य सहनशिलताको नीति लिएको र जनताको पक्षमा दृढतापुर्वक काम गरिरहेको बताए ।


प्रतिकृयावादी कित्ता हायलकायल भएकाले सकारविरुद्ध षडयन्त्रको प्रयास शुरु गरेको भएपनि गठबन्धन तोड्न सम्भव नरहेको भन्दै उनले भने 'प्रचण्ड नतत्वको सरकार बनेपछि भष्ट्राचार नियन्त्रण, सामाजिक न्यायको पक्षमा लोकप्रिय काम भएको  छ ।'

'सुशासनका बैरीहरु  सकार बिरुद्ध षणयन्त्र गर्ने प्रयासमा रहेको तर षणयन्त्र चिरेर समाजवादी गठबन्धन  पुरा पाँच बर्ष अघि बढ्नेछ' नेम्वाङले भने ।
 


Author

थप समाचार
x