कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
पक्षमा ८६, विपक्षमा बस्यो राप्रपा
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । कार्कीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८६ मत खसेको हो । ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्तावको विपक्षमा राप्रपाको ६ मत परेको हो ।
सभामुख सृजना दनुवारले मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत छ भनि प्रदेश सभामा राखेको प्रस्तावमा मत विभाजन हुँदा ९३ सदस्यीय कोशी प्रदेश सभाको उपस्थित सङ्ख्या ९१ रहेको र विश्वासको मतको पक्षमा ८६ मत प्राप्त भएको घोषणा गरिन् ।
प्रस्तावको विपक्षमा राप्रपाका ५ जना प्रदेश सभा सदस्यले मत दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया