कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य
फाइल फोटो
विराटनगर - कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रमुख खापुङले २५ पुस बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि बसेको कोशी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९/०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानुनमन्त्री शम्शेर राईले बताएका छन् ।
यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायोजन, व्यवस्थापन तथा संशोधनका सिफारिस गर्ने निर्णय भएको प्रवक्ता राईले बताएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया