खेलकुद मन्त्री लिम्बुलाई पत्नी शोक
विराटनगर- नेपाली कांग्रेस मोरङका सभापतिसमेत रहेका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी शोक परेको छ ।
मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गएराति निधन भएको हो ।
लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त गंगामायाको उपचारकव क्रममा निधन भएको हो ।
पारिवारका सदस्यका अनुसार शुक्रबार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कारस्थलमा परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ । लिम्बुको एक छोरी र एक छोरा रहेका छन् ।
केही महिनाअघि मन्त्री लिम्बुको आमाको पनि निधन भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया