कोशी

राष्ट्रिय सभा निर्वाचन: कोशीमा एमाले र राप्रपाको तालमेल

इकागज |
माघ ८, २०८० सोमबार १६:४५ बजे

विराटनगर - आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुन लागेको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका छन् । कोशी प्रदेशमा उनीहरूले तालमेल गरेकाे एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । 

सोमबार भएको छलफलमा दुई दलका नेताहरू राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमत भएका हुन् ।  


एमालेका मतदाताले राप्रपाको उम्मेदवार उद्धव पौडेललाई र राप्रपाका मतदाताले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ । 

यही ११ माघमा राष्ट्रिय सभा सदस्य चयनका लागि निर्वाचन हुँदै छ । कोशी प्रदेशमा दुई सिटका लागि मतदान हुँदै छ । 
 


Author

थप समाचार
x