कोशी

पिकअप दुर्घटनामा दुईको मृत्यु

इकागज |
जेठ २५, २०७८ मंगलबार १३:४५ बजे

मिक्लाजुङ : मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ-६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप  हिलिहाङ-६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान  पल्टिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । रासस



Author

थप समाचार
x