Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

कोशी

रातु नदी उत्त्खननविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

इकागज |
बैशाख २९, २०८१ शनिबार १८:३० बजे

फाइल फाेटाे

महोत्तरी - रातु नदी उत्खनन् विरुद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशलाई  बर्दिबास नगरपालिकाले बदरको माग गरेको छ ।

जेठ मसान्तसम्म समयावधि भएको हुनाले रोकिएको उत्खनन् तत्काल सुचारु गर्नुपर्ने मागसहित नगरपालिकाले शुक्रबार रिट दर्ता गरेको हो ।


नगरपालिकाका कर्मचारी दिपक पौडेलसहितले अख्तियारी प्राप्त गरी दायर गरेको निवेदनमा शंकर महतोसहित निवेदकहरूलाई विपक्षी बनाइएको छ ।

यसअघि मापदण्डको अनुसरण नगरी उत्खनन् गरिएको र जनताको तटबन्धनलाई समेत असर पुग्ने अवस्था देखिएको हुनाले अन्तरिम आदेश जारी गर्नुपरेको प्रारम्भिक सुनुवाइ भएको थियो ।

सर्वोच्च अदालतले पटकपटक पूर्ण सुनुवाइको मिति निर्धारण गरेता पनि वहस नभएको र एकतर्फी निवेदकहरूको आधारमा असोज-६ गते अर्को पेशी तोकिएको प्रति असन्तुष्टि जनाउँदै विभिन्न आधारहरू उल्लेख गर्दै अन्तरिम आदेश खारेजीको भागीदारी भएको रिटमा दावी गरिएको छ ।

रिटको पेशी भने आइतबारलाई नै तोकिएको छ ।


Author

थप समाचार
x